Connect with us
Kapilvast Forest

प्युठानका संक्रमितको मृत्यु

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

corona death

प्युठानका संक्रमितको मृत्यु
काठमाडौं – रुपन्देहीमा उपचारका क्रममा प्युठानका एक जना संक्रमितको मृत्यु भएको छ। प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षका पुरुषको बुधवार राती ९: १० बजे मृत्यु भएको हो।

बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

भदौ १० गते निमोनिया र लिभरमा समस्या देखिएपछि उपचारको अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य खराब हुँदै गएपछि आईसीयूमा भेन्टिलेटरमा राखि उपचार भइरहेको थियो। उनमा १६ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि बिरामीको भेन्टिलेटरमै उपचार भईरहेको थियो।

यसैबीच सो अस्पतालमा हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ की ६४ वर्षिय कोभिड-१९ संक्रमित महिलाको पनि आईसियूमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

भदौ ४ गते अस्पताल भर्ना हुनुभएकी महिलामा उच्च रक्तचाप, सुगर, मृगौला र निमोनियाको समेत समस्या रहेको अस्पतालले जनाएको छ।

सो अस्पतालमा कार्यरत तीन जना चिकित्सकहरुसहित अन्य स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,