Connect with us
Kapilvast Forest

बाँकेमा२४ जना कोरोना संक्रमित डिस्चार्ज

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

नेपालगन्ज- बाँकेमा बिहीबार ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपाली सेनाको कौशिलानगर तालिम केन्द्र आइसोलेसनबाट १७ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट ५ जना तथा होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेसनबाट १–१ जना निको भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा १७ जना सेना पनि छन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ८३ पुगेको छ । अब आइसोलेसनमा ३ सय ६ जना छन् ।बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको भने मृत्यु भइसकेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,