Connect with us
Kapilvast Forest

प्रदेश ५ का कोरोना अस्पतालमा आवश्यक जनशक्ति र बजेट मन्त्रिपरिषदबाट स्वीकृत

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

 

बुटवल-प्रदेश ५ सरकारले करार सेवामा रही कोरोना संक्रमितको उपचारमा खटिने कर्मचारीहरुका लागि बजेट स्वीकृत गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आइशोलेसन अस्पतालहरुको लागि थप जनशक्ति र बजेट स्वीकृत गरेको हो।

जसअनुसार ५ सय ८३ जना जनशक्ति र आवश्यक तलबभत्ता ३ करोड ९६ लाख ३२ हजार २ सय ८० रुपैयाँ निकासा गर्ने निर्णय भएको छ। निकासा गरिएको यो रकम तीन महिनाको लागि हो।

करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधा पाउने पनि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनु भयो ।प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएसँगै चार वटा कोरोना विशेष अस्पतालमा बेड र जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानामा आइसियु १८, एचडी २० र आइसोलेन बेड ३६ गरी कुल ७४ बेड रहने छन् भनेउक्त अस्पतालमा १ सय ८९ जना जनशक्ति राखिनेछ।भीम अस्पताल भैरहवामा ५ वटा आइसियु, १३ एचडी र ९ आइसोलेसन गरी २७ बेडका लागि ७१ जना जनशक्ति राख्ने निर्णय गरिएको छ।

केन्द्रीय आर्युवेद बेलझुण्डीमा १० वटा आइसियु, १७ एचडी र ५८ आइसोलेसन गरी ८५ बेडका लागि १ सय ७१ जनशक्ति रहने छन्।भेरी अस्पताल बाँकेमा १० आइसियु, ३० एचडी र २० आइसोलेसन गरी ६० बेडका लागि १ सय ५२ जना जनशक्ति रहनेछन्।

निकासा गरिएको रकममध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि १ करोड ७५ लाख ११ हजार ९ सय ६०, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय ६०, केन्द्रीय आर्युवेद बेलझुण्डीका लागि १ करोड ५६ लाख ७२ हजार ३ सय ६० र भेरी अस्पताल बाँकेलाई १ करोड ४० लाख ७२ हजार ६ सय ४० रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,