Connect with us
Kapilvast Forest

राहत माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेपछि

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

वीरगन्ज -वीरगञ्ज महानगरपालिका–९ श्रीपुरका गरिब, विपन्न परिवारहरु राहत माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगेको छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले राहत वितरण गरिरहेको छ, भन्ने जानकारी पाएका स्थानीय गरिब, विपन्न परिवारहरु श्रीपुरकी रसवानी खातुनको अगुवाईमा राहत माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणको लागि लागू गरिएको लकडान ६ महिना वित्न लाग्दा पनि आफूहरुको दैनिकी नै अस्तव्यस्त बनेको र खाना समेत नपाएकाले राहत माग्न जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीयहरुको भनाइ छ ।

स्थानीय युवाका अनुसार वीरगञ्जका एक सञ्चारकर्मीले जिल्ला प्रहरी कार्यालयले राहत वितरण गरिरहेको छ, भनेर सार्वजनिक गरेपछि आफूहरु राहत लिन जिल्ला प्रहरी कार्यालय आएको बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले स्थानीय तह तथा अन्य एनजीओहरुले जस्तै घरैपिच्छे परिवारहरुको लागि जिल्ला प्रहरी कार्यालयले राहत वितरण नगरिएको बताइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,