Connect with us
Kapilvast Forest

पूजारीको हत्या गर्ने २ जना पक्राउ

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

रौतहट-नगरपालिका २ खैस्रैया चौकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका १ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेल रहेका जनाएको छ। अज्ञात व्यक्तिले पूजारी साहको कञ्चटमा गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरु लगायत अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्ने खुल्न आएपछि प्रहरीले बौधिमाई नगरपालिका ७ वडकी बंकुल एरियाबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट राम नरेशको बुवाले पूजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएको, पूजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनुभन्दा ३ दिन अघि राम नरेश पटेल र पूजारी बिच बिवाद भएको थियो । यसैगरी गाउँमा विभिन्न विषयहरुमा छलफल
हुँदा पूजारीले फरक मत राख्ने क्रममा राम नरेश पटेल लगायत अन्यसँग धेरै पटक विवाद भएपछि उनले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनास्थल नजिक रहि मानिसको आवत जावतलाई निग्रानी गरेको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य फरार अपराधीको खोजी भइरहेको र पक्राउ अभियुक्तहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,