Connect with us
Kapilvast Forest

आज १हजार २सय २८ जना संक्रमित थपिए नेपालमा कोरोना संक्रमितको संख्या ४२,८७७ पुग्यो

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

corona

 

काठमाडौं-नेपालमा कोरोना संक्रमितको संख्या ४२,८७७ पुगेको छ । आज १,२२८ जना थपिएका छन् । बुधबार ११२० थपिएका थिए । मंगलबार १०६९ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ४४५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५७ , भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना थपिएका हुन् । बुधबार ३८८ जना थपिएका थिए । मंगलबार ४८१ जना थपिएका थिए । आजको पिसिआर १३,४१३ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ५६२२ , भक्तपुरमा ५९८ र ललितपुरमा ८१८ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७०३८ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । आज ९१७ जना निको भएका छन् । बुधबार १,११२ जना निको भएका थिए । मंगलबार ७६८ निको भएका थिए । सोमबार ५८८ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । सोमबार ७ जनाको मृत्यु भएको थियो । मंगलबार ११ जनाको मृत्यु भएको थियो । बुधबार १२ जनाको मृत्यु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,