Connect with us
Kapilvast Forest

गोंगबु हत्या प्रकरणः महिलालाई पूर्पक्षको लागि थुनामा पठाइयो

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

bohora hatya

 

काठमाडौं- दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा पक्राउ परेकी चितवनकी कल्पना मुडभरी९पौडेल०लाई पूर्पक्षको लागि थुनामा पठाएको छ।

जिल्ला अदालत काठमाडौंले बिहीवार थुनामा पठाउन आदेश गरेको हो। बोहोराको हत्याको अभियोमा प्रहरीले पौडेल र उनकी १५ वर्षीया छोरीलाई साउन २७ गते प्रहरीले सार्वजनिक गरेको थियो।

प्रहरीले कल्पना र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेर ल्याएको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको थियो। छोरीलाई भने सुधार गृह पठाइएको छ।

गत साउन २५ गते टोखा नगरपालिकाको वडा नम्बर १० मा टाउको काटिएको शव सुटकेसभित्र फेला परेको थियो। करिब ३ सय मिटरको दुरीमा अर्को झोलामा काटिएको टाउको र खुट्टा प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा भेटिएको थियो।अभियुक्त महिलाले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै बोहोराको हत्या गरेको कुरा प्रहरीसामु स्वीकार गर्नु भएको थियो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,