Connect with us
Kapilvast Forest

कोरोनाबाट थप ६ जनाको मृत्यु

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

corona

काठमाडौं-देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संखया २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।

मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।यस्तै देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्मको कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको गौतमले जानकारी दिए ।
यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्छामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,