Connect with us
Kapilvast Forest

रोट्र्याक क्लब अफ कपिलवस्तुद्वारा स्वास्थ्य सामाग्री वितरण

२०७७, १८ भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु-
रोट्र्याक क्लब अफ कपिलवस्तुले स्वास्थ्य सामाग्री वितरण गरेको छ । विभिन्न सामाजिक क्रियाकलापमा अग्रसरता जनाउँदै आएको क्लबले शिवराज नगरपालिकाको दुई स्वास्थ चौकीलाई कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहनका लागि
पाइडल सेनिटाइजर स्टेन्ड बितरण गरेको हो ।

शिवराज नगरपालिकाको चनई स्वास्थ्य चौकी र शिवपुर स्वास्थ्य चौकीलाई पाइडल सेनिटाइजर स्टेन्ड वितरण गरिएको रोट्र्याक क्लब कपिलवस्तुका अध्यक्ष विक्रम केसीले जानकारी दिनु भयो ।

शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र चनई स्वास्थ्य चौकीका प्रमुख जित बहादुर विसीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको अध्यक्ष केसीले बताउनु भयो ।

त्यस्तै आज शिवराज नगरपालिका वडा १ का अध्यक्ष जगत बहादुर जिसी, शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेललाई पाइडल सेनिटाइजर स्टेन्ड वितरण गरेको क्लबका अध्यक्ष विक्रम केसीले बताउनु भयो ।

उक्त स्वास्थ सामग्री वितरण कार्यक्रममा रोट्याक क्लबका पुर्व अध्यक्ष सुनिल गैरे, रोट्रयाकटर रिता बेल्बासे, शिशिर पोख्रेल, सुरेश खनाल, उषा केसी, माया बस्नेत, प्रकाश चौधरी लगायतको सहभागीता स्वास्थ सामाग्री हस्तान्तरण गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,