Connect with us
Kapilvast Forest

आज कर्फ्यूबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिने

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

rato machindra
filephoto
काठमाडौं- तान्ने क्रममा बिहीवार प्रहरीसँग झडप भएपछि ललितपुर महानगरपालिका क्षेत्रमा शुक्रवारका लागि ललितपुरका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका छन्।कोरोनाभाइरस महामारीको जोखिमकाबीच लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै बिहीवार सयौँको सङ्ख्यामा उपस्थित भएका मानिसहरूले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएका थिए।

त्यससँगै विकसित अवस्थाकाबिच प्रजिअ नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा भदौ १९ गते विहान ४ बजेदेखि सोही दिन बेलुका १० बजेसम्म कर्फ्युको समय तोकिएको छ।

बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय भएको छ।

बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ। कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ।

सरकारी आदेशमा केही उच्छृङ्खल समूह र व्यक्तिहरूले कठिन परिस्थितिको नाजायज फाइदा उठाइ धार्मीक, सांस्कृतिक विश्वासमा खलल पुर्‍याइ शान्ति सुरक्षा भङ्ग गर्नेगरी गैरकानुनी हर्कत गरेकोु लेखिएको छ।सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोु भन्दै कर्फ्यु लगाइनु परेको जनाइएको छ।

कर्फ्यु लगाइएको समयमा तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुस निकाल्न निषेध गरिएको छ।तोकिएको क्षेत्रमा कर्फ्युको समयमा घरबाट बाहिर निस्किएमा सुरक्षा अधिकारीले गोली समेत हान्न सक्ने उक्त आदेशमा जनाइएको छ।

निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा कसरी सम्पन्न गर्ने भनी निर्णय गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,