Connect with us
Kapilvast Forest

कोरोना जिते पनि समाजको डर

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

दोलखा-सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो । स्वास्थ्यकर्मी भएकाले कोरोना लागे पनि यसबाट बाँच्न सकिन्छ । भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले यस्तै उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गर्नुभयो तर समाजमा विकसित भएको भेदभाव र छि–छि दुरदुर हटाउन भने धेरै कठिन भयो ।

भदौ ६ गते सङ्क्रमण पुष्टि भए पछिका दिन सम्झिँदा उहाँ आफूलाई आँसुमा परिणत गर्नुहुन्छ । बुधबार घर फर्कनुभएकी उहाँले कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताउनुभयो ।

मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन । घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जाने सम्मका घटना सुन्दा यो कोरोनाभन्दा खतरा रोग गाउँ, समाजमा भित्रिएछ भन्ने लाग्यो । आज म कोरोना जितेर घर जाँदै छु तर त्यहाँको गाउँ, समाजले मलाई गर्ने व्यवहार कस्तो रहन्छ भन्नेमै पीर लागिरहेको छ –उहाँले गहभरि आँसु पार्दै भन्नुभयो ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेको भए पनि पाँच वर्षीय छोरासहित परिवारमा बस्दै आउनुभएकी उहाँको परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । पङ्जुलाई कोरोना देखिएपछि सँगै काम गर्ने अर्की स्वास्थ्यकर्मी विन्दिय श्रेष्ठ पनि एक हप्तासम्म पीडामै बस्नुभयो ।

साथीलाई कोरोना पोजेटिभ देखेपछि भीमेश्वर नगरपालिका–३, चरीकोटकी श्रेष्ठको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाएयता उहाँलाई बस्न, खान मुस्किल बनाए । गाउँ, समाजले कोरोना पुष्टि नहुँदै गाउँ, समाजमा हुर्कंदै गरेको निर्दयी व्यवहारले घरीघरी पीडा हुने गरेको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,