Connect with us
Kapilvast Forest

ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने ९ जनामाथि अनुसन्धान सुरु

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

ललितपुर – प्रहरीले ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नाै जनाविरुद्ध अनुसन्धान सुरु गरेकाे छ । प्रहरीले उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

उनीहरुविरुद्ध यो ऐनसँगै कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरुद्धको कसुर पनि आकर्षित हुने भएकाले यी मुद्दा अन्तर्गत पनि अनुसन्धान अघि बढाउने महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताउनुभयो ।

ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ललितपुर १६ गावाहलका महेश बज्राचार्य, ११ का पृथविन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य र १६ का रवीन शाक्यलाई पक्राउ गरेको छ । यस्तै ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी ८ का श्याम श्रेष्ठ र काठमाण्डाै १६ का यादवलाल कायस्थ पक्राउ परेका छन् ।

यस्तै प्रहरीले पत्रकारको ज्याकेट लगाएर ढुङ्गा प्रहार गर्नेबारे पनि अनुसन्धान गरिरहेको छ ।

बिहीबार झडपमा घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेकाे अल्का अस्पताल ललितपुरमा उपचार भइरहेकाे छ । उहाँकाे स्वास्थ्य अवस्था सामान्य छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,