Connect with us
Kapilvast Forest

प्यूठानमा एक साताका लागि निषेधाज्ञा थपियो

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

file photo

प्यूठान -कोरोना भाइरसको संक्रमण रोकथाम गर्न जारी गरिएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । बिहीवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा पछिल्लो समय समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै जान थालेपछि निषेधाज्ञा एक हप्ता थप गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुषालले
जानकारी दिए ।

भदौ १२ गतेदेखि जारी गरिएको निषेधाज्ञा बिहीवार राती १२ बजेपछि सकिँदै थियो । बिहीवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले खाद्यान्न तथा अन्य पसलहरू बिहान र बेलुका ३÷३ घण्टा सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

प्यूठानमा हालसम्म ४५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४१४ जना निको भएका छन् । ३७ जना जिल्लाका विभिन्न आइसोलेसनमा रहेका छन् । प्यूठानमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,