Connect with us
Kapilvast Forest

निजी ल्याबको रिपोर्टबाट कोरोना बिमाको भुक्तानी नपाइने

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

corona

काडमाडौं –कोरोना भाइरस ९कोभिड(१९० महामारी बढिरहँदा हजारौं नेपालीले कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेका छन् । तर, बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

कोरोना बिमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो । यो मापदण्ड लागू भए निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बिमा दावी भुक्तानी पाउने छैनन् ।

समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई भनेको छ । जबकि सरकारले नै विभिन्न ल्याबहरुलाई कोरोना परीक्षणका लागि मान्यता दिएको छ ।

सबै ल्याबमा गरिएको परीक्षण रिपोर्टअनुसार नै स्वास्थ्य मन्त्रालयले हरेक दिन संक्रमितको अपडेट गराउँदै आएका छन् । सरकारीमा चाप बढेपछि पछिल्लो समय अधिकांशले निजी ल्याबमै परीक्षण गराइरहेका छन् ।

बिमा समितिले सरकारकै नीतिविरुद्ध मापदण्ड बनाएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । बिमा गर्ने तर भुक्तानी नगर्ने अर्थात बिमा गरिएको रकम यत्तिकै पचाउने कतिपयले बिमा कम्पनीहरुको उक्साहटमा समितिले निर्णय लिएको आरोप लागेको छ ।

तर, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बताउँछन् । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल छलफल गरेर नयाँ निर्णय गर्न सकिने उहाँले बताउनु भयो ।

अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बिमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,