Connect with us
Kapilvast Forest

आफन्त नेपालद्वारा प्रभावित छोरीहरुको नेतृत्वका लागि कविता वाचन कार्यक्रम

२०७७, १९ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं-मानव बेचबिखन तथा अ‍ेोसारपसार विरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले विभिन्न समयमा उद्धार गरी संरक्षणमा रहेका प्रभावित छोरीहरुको नेतृत्व बिकासका लागि कविता वाचन कार्यक्रम समापन गरेको छ।कोरोना भाइरको संक्रमण बाट सुरक्षित रहन भर्चुअल कार्यक्रम भएको थियो

कार्यक्रममा बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो कार्यक्रममा मिना खरेल, मन्जुश्री असहाय केन्द्रका प्रमुख मन्जु खाण, चेली नेपालका प्रिस्का पाण्डे लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो भने मानव बेचबिखन नियन्त्रणको परिकल्पना गर्दै गर्दा र छोरीको नेतृत्व देख्दा आफुलाई अत्यन्त खुसी र त्यो परिकल्पनाले साकार हुने दिशातिर अगाडि बढेको अनुभुति भएको आफन्त नेपालका संस्थापक रमेश सापकोटाले बताउनुभयो ।

कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा आफन्त नेपालमा रहेका प्रभाबित छोरीहरुको कविता वाचन र उहाँहरुको नेतृत्व विकासलाई हेर्दा आफन्त नेपाललाई धन्यवाद सहितको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाहरुबाट २४ जना सहभागी हुनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,