Connect with us
Kapilvast Forest

धरहरा पुनर्निर्माणको काम ४१ दशमलव ५ प्रतिशत सम्पन्न

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

new dharahara

काठमाडौं – धरहराको चौधौँ तलाको काम अन्तिम चरणमा पुगेको छ । लकडाउन हटेपछि धमाधम काम भइरहेको धरहरामा निषेधाज्ञाका बेलामा पनि काम भइरहेको छ ।

चौधौँ तलाको ९सियर वाल० अर्थात् गोलो गाह्रोको ढलान शनिबार ९भोलि० सम्ममा सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । आउँदो २५ गते सम्ममा चौधौँ तलाको भुइँ ढलानको काम सकिने प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजुमान मानन्धरले जानकारी दिनुभयो ।

अघिल्लो हप्ता धरहराको १३ औँ तलाको ढलानको काम सकिएको थियो । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ ।

धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका मानन्धरका अनुसार धरहरामा टावर निर्माणको काममध्ये झण्डै ६५ प्रतिशत सकिएको छ ।टावर पुनर्निर्माणको काम झण्डै ६५ प्रतिशत र समग्र धरहरा पुनर्निर्माणको काम ४१ दशमलव ५ प्रतिशत भइसकेको छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,