Connect with us
Kapilvast Forest

नेसन्स लिगमा नेदरल्यान्ड्सको विजयी शुरुवात

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

nedarland

एजेन्सी-युइएफए नेसन्स लिग अन्तर्गत नेदरल्यान्ड्सले विजयी शुरुवात गरेको छ ।गएराती सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोल्याण्डमाथि १-० गोल अन्तरको जित हासिल गरेको छ ।

खेलको एक मात्र गोल स्टेभेन बेर्गविजनले गरेका हुन् । प्रिमियर लिगमा टोटनह्यामबाट खेल्ने स्टेभेनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनले आफ्नो १०औ अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेका छन् । उनले खेलको ६१औ मिनेटमा गोल गरेका थिए ।

नेदरल्यान्ड्सले नेसन्स कप अन्तर्गत अब अर्को खेल इटालीसँग सेप्टेम्बर ८ मा खेल्ने छ ।नेसन्स कप अन्तरगत आफ्नो पहिलो खेलमा इटाली भने बराबरीमा रोकिएको छ ।गएराती सम्पन्न खेलमा इटाली बोस्निया हर्जगोभिनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

अन्य खेलमा अल्बानियाले बेलारुसलाई २-० ले पराजित गर्यो भने अस्ट्रियाले नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै चेक रिपब्लिकले स्लोभाकियालाई ३-१ गोलले जितेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,