Connect with us
Kapilvast Forest

ललितपुरमा पाँच जनाभन्दा धेरै भेला हुन नपाउने

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

lalitapur

ललितपुर – ललितपुरका विभिन्न ठाउँमा अबको छ दिनसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन नपाइने भएको छ ।मछिन्द्रनाथको रथ तान्ने विवादपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले हिजो कर्फ्यु लगाएको क्षेत्रमा अबको छ दिन मानिसहरुलाई भेला हुन रोक लगाएको हो ।

ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन नपाइने भनिएको छ ।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र अर्थात पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,