Connect with us
Kapilvast Forest

अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा काम गरें म नभए पनि निरन्तरता दिनुहोला’

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

yubraj

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गर्नुभएको छ ।अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाइ कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन उहाँले आग्रह गर्नुभएको हो ।

बिदाइ कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर, लगानी बोर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी थिए । अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको भन्दै कर्मचारीलाई धन्यवाद पनि दिनुभएको थियो ।

‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’, खतिवडाले भन्नु भयो ।

राष्ट्रिय सभा सदस्यमा नेकपाले खतिवडाको नाम नदोहोर्‍याउने र वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि खतिवडाको पदावधि भोलि शनिबार सकिँदैछ । भोलि शनिबार भएकाले खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,