Connect with us
Kapilvast Forest

मिर्गौलाको डायलाईसिस गराउदै आएका बिरामीको निःशुल्क पिसिआर परीक्षण

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

butwal upamahanagr

बुटवल-बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलाईसिस गराउदै आएका बुटवलका बिरामीको निःशुल्क पिसिआर परीक्षण सुरू गरेको छ।डायलाईसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको एकिन गरिने भएपछि उपचारमा सहजता हुने भएको छ।

बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलाईसिस गराउने सबै बिरामीहरूलाई कोभिडको सबै परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताउनु भयो ।

पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थामा रहेकालाई बसेको स्थानमै पुगेर परीक्षण गर्नेगरी काम सुरू भएको प्रमुख सुवेदीले जानकारी दिनु भयो ।

डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै विरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताउनु भयो ।बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,