Connect with us
Kapilvast Forest

उपचारका क्रममा विराटनगरमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

corona

विराटनगर – मोरङको विराटनगरका दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जना महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

कोशी अस्पतालमा शुक्रबार साँझ ७:३० बजे मृत्यु भएकी महिलाको आज बिहान ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । उनको शुक्रबार साँझ ७ :३० बजे मृत्यु भएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६:३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।

श्वासप्रश्वासमा समस्या भएपछि न्यूरो अस्पताल विराटनगरले उनलाई यही भदौ १८ गते धरान रेफर गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,