वीरगंजमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

बीरगंज- कोरोना संक्रमणबाट बीरगंजमा थप एक जना पुरुष तथा कोरोना आशंकित एक बालकको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा ७५ बर्षीय कोरोना संक्रमित पुरुष तथा नारायणी अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमण आशंकित १२ बर्षीय बालकको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नं २ निवासी ७५ बर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा भदौ १९ गते राति ११स्३० बजेको समयमा मृत्यु भएको हो । क्षयरोग तथा निमोनियाले ग्रसित उक्त पुरुषको स्वास्थ्य अवस्था खराब भई र कोरोना संक्रमण पुष्टि भई भदौ ५ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका ति पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको डा। चौरसियाले बताउनुभयो।
यसैगरि अर्का एक १२ बर्षीय बालकको पनि उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको छ । पर्सा जिल्ला बिरुवागुठी ( ३ निवासी ति बालकको उपचारको क्रममा आज बिहान २स्३५ बजेको समयमा मृत्यु भएको हो ।
निमोनियाले ग्रसित उक्त बालकलाई कोरोना संक्रमणको लक्षण रहेकोले भदौ १९ गते नारायणी अस्पतालको इमरजेन्सी वार्डमा राखेर उपचार भई रहेकोमा शनिबार बिहान मृत्यु भएको डा। चौरसियाको भनाई छ । मृतक बालकको कोरोना परिक्षणको लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाईएको छ । बालकको पिसिआर रिपोर्ट नआएको कारण उनीमा कोरोना पुष्टि हुन सकेको छैन ।
मृतक पुरुषसँगै बीरगंज स्थित अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । जसमध्ये पर्साका ४० जना, बाराका १२ जना तथा रौतहटका ३ जना रहेका छन् ।
आज बिहान मृत्यु भएको बालकमा कोरोना संक्रमण पुष्टि भएको छैन भने बेवारिसे अवस्थामा फेला परि कोरोना संक्रमणबाट सोमबार मृत्यु भएका एक जना पुरुषको पहिचान खुल्न सकेको छैन ।

