Connect with us
Kapilvast Forest

स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना संक्रमण

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

गुल्मी – गुल्मीमा स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु २१ देखि ७३ वर्षको रहेका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरबार गाउँपालिका–४ का एक मेडिकल सञ्चालकसहित तीन जना र रेसुंगा नगरपालिका–१० सिमीचौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।

मेडिकल सञ्चालकलाई संक्रमण देखिएपछि गुल्मीदरवार–४ को बिरवासलाई सिल अनिश्चितकालका लागि सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। संक्रमितको सम्पर्कमा आएकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको पाण्डेले बताए।

तम्घासको आइसोलेसनमा कार्यरत सिमीचौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी एक महिलामा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाहरुको पनि विवरण संकलनको कार्य भइरहेको छ। उनीहरुको विवरण संकलनपछि भोलि नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइने रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताए।

थपिएका चारजनासँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ। जसमध्ये ३७६ जना निको भइसकेका छन्। संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,