Connect with us
Kapilvast Forest

नेकपाका जिल्ला सदस्य सहित १ दर्जन कार्यकर्ता काग्रेंस प्रवेश

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-
नेपाल कम्युनिस्ट पाटी नेकपा कपिलवस्तुका सदस्य सहित १ दर्जन बढि कार्यकर्ता नेपाली कागं्रेसमा प्रवेश गरेका छन् । बुद्धभूमी नगरपालिका वडा नं १ को पथ्थरकोटमा आयोजीत कार्यक्रममा नेकपाका जिल्ला सदस्य रोमाखर खनाल (राम प्रसाद ) सहित १ दर्जन स्थानीय कार्यकर्ता नेपाली काग्रेंसमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा नेत्र प्रसाद भट्राई,रामलाल पौडेल,नारायण गिरी,सन्तोष आर्चाय,गायत्री झाक्री, मदन कार्की,भरत बेल्वासे,राजु बस्नेत,निमानन्द गिरी लगायतका रहेको छन् । उनिहरुलाई नेपाली कागे्रंसका क्षेत्र नं २ का सभापति एवं बुद्धभूमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् । लोकतन्त्रमा विश्वास गर्ने नेपाली कागे्रंंस पार्टी सबैको भएको कारण सबै नागरिक पार्टीमा अट्न सक्ने हुदां सबैलाई सम्मान र पदिय जिम्वेवारी समेत प्रदान गरिने सभापति श्रेष्ठले बताए । त्यस्तै युवा नेता तेज बहादुर बस्नेतले पछिल्लो समय नेपाली कांग्रेसमा युवाहरुको आर्कषण रहेकोले उनिहरुलाई अवसर र सम्मान दिने बताए । सो अवसरमा काग्रेंसका नेता राम प्रसाद बेल्वासे, सिता बेल्बासे , प्रेमनारायण अधिकारी लागतयतको सहभागिता रहेको थियो । यस अघि सोही वडामा ३१ जना समेत पार्टी प्रवेश गरिसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,