Connect with us
Kapilvast Forest

अस्पतालकी कर्मचारीको शव जंगलमा फेला, हत्या आशंकामा एक जना पक्राउ

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

death

काठमाडाैं- ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेले जंगलमा फेला परेको छ । शुक्रबार राति अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको हो ।

उनकाे हत्याकाे आशंमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या आशंकामा भतिजा निर्मल केसी पक्राउ परेका छन् । शुक्रबार राति नै उनको शव फेला परे पनि राति भएको हुँदा शवको मुचुल्का शनिबार बिहान मात्रै उठाएको थियो ।

केही दिन अघि उनी हराएको निवेदन ललितपुर परिसरमा परेको थियो । हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,