Connect with us
Kapilvast Forest

नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

corona

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिनु भयो ।

योसँगै कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । शनिबारको पछिल्लो विवरण अनुसार नेपालमा अब संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ थियो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा शनिबार देशभर थपिएका १०४१ जना संक्रमितमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २७ हजार १२७ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,