Connect with us
Kapilvast Forest

नेपालमा कोरोना थप ९ संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो

२०७७, २० भाद्र शनिबारमा प्रकाशित

corona

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको डा।गौतमले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,