Connect with us
Kapilvast Forest

सीपीएल क्रिकेटमा सन्दीप आवद्ध टोली फेरि पराजित

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

sandip team

काठमाडौँ-क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ ।शुक्रबार राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्बाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए ।जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिनु भयो ।

लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिनु भएको थियो । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए ।योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिनु भएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ । बार्बाडोसले १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ स्थानमा रह्यो ।९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका भने ७ अंकसहित चौथो स्थानमा रहदै सेमिफाइनलमा पुगिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,