Connect with us
Kapilvast Forest

सवारीसाधन बन्द छन हामीले कहाँबाट बैंक किस्ता तिर्ने: यातायात ब्यावसायि

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

saja yatayata
file photo

काठमाडौं -सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि देशव्यापी बन्दाबन्दी गरेसँगै सञ्चालन अवरुद्ध भएका सार्वजनिक यातायात असार २५ गतदेखि जिल्लाभित्र मात्र चलाउन दिने निर्णय गर्‍यो । व्यवसायीहरूले ५ महीना थन्किएका गाडी मर्मत गरेर सडकमा ल्याए ।तर, महीना दिन नपुग्दै सरकारले पुनः निषेधाज्ञा जारी गर्दा अहिले सार्वजनिक यातायात पुनः ग्यारेज, सडक र चौरमै थन्किएका छन् ।

अन्य मुलुकले विस्तारै सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सुचारू गर्दा पनि नेपालमा यस्ता यातायात सञ्चालनका लागि सरकारले ठोस कार्ययोजना नबनाउँदा यस क्षेत्रको लगानी जोखिममा परेको छ । अन्य देशमा बन्दाबन्दी खुकुलो हुँदै जाँदा नेपाल सरकारले भने बन्दाबन्दीको परिभाषा परिवर्तन गरी निषेधाज्ञाको नाममा त्यसलाई झनै कडा गर्‍यो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार नेपालमा ३ लाख यात्रुवाहक र ६० हजारभन्दा बढी मालवाहक सार्वजनिक सवारीसाधन छन् । यसमा १० लाख मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६ लाख चालक÷सहचालक छन् । प्रत्येक दिन सवारीसाधन चलाएरै जीविकोपार्जन गरिरहेकोमा ६ महीनादेखिको बन्दाबन्दीले यस क्षेत्रमा रोजगारी पाइरहेकाहरू बेरोजगार भएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँनु भयो ।

यातायात सञ्चालन नहुँदा १० लाखभन्दा बढीको दैनिक आयस्रोत गुमेको अवस्थामा सरकारले बिचौलियासँग मिलेर सार्वजनिक यातायात सञ्चालनको कार्ययोजना नबनाएको उहाँको आरोप छ ।‘अन्य देशमा विस्तारै सार्वजनिक यातायात सञ्चालन हुन थालेका छन्, तर हाम्रोमा कहिलेदेखि चलाउने भन्नेमै सरकार अलमलमा रहेको बताउनु भयो ।

बन्दाबन्दी खुकुलो भएपछि हजारौं रुपैयाँ तिरेर बाहिरी जिल्लाबाट मान्छेहरू निजी सवारीसाधनमा काठमाडौं भित्रिए पनि सरकारले स्वास्थ्य मापदण्ड बनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी नगरेको उहाँको गुनासो छ ।महीनौंसम्म सवारीसाधन थन्किँदा टायर कुहिन थालेको र ब्याट्री डाउन हु थालेको यातायात सञ्चालक समितिहरु बताउछन ।

‘सार्वजनिक यातायात सञ्चालन नहुँदा घरमा चूल्हो बाल्न नसक्ने अवस्था आइलागेको यातायात सञ्चालकहरुको गुनासो छ । बैंकको ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुगेकोयातायात व्यवसायीहरु गुनासो गरेका छन ।

सवारीसाधन सञ्चालन नभए पनि बैंकले बैंक किस्ता र ब्याजका लागि दबाब दिन नछाडेको व्यवसायीहरूको गुनासो छ ।‘सवारीसाधनमा ७० प्रतिशत लगानी बैंकको छ, ३० प्रतिशत व्यवसायीको छ,यस्तो अवस्थामा कहाँबाट बैंक किस्ता तिर्नू ब्यावसायि गुनासो गर्छन

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,