Connect with us
Kapilvast Forest

भारतमा एकैदिन थपिए ९० हजार ६ सय कोरोना संक्रमित

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

corona

काठमाडौं – भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामाअहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि शनिबार ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार यो समाचार तयार पार्दासम्म ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ ।यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,