Connect with us
Kapilvast Forest

उद्योगी विनोद चौधरी कोरोना मुक्त

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

binod chaudary

काठमाडौं- सांसद एवं उद्योगपति विनोद चौधरी पनि कोरोना संक्रमणमुक्त हुनुभएको छ । आज (शनिबार) ट्वीट गर्दै सांसद चौधरीले कोरोना संक्रमणमुक्त भएको जानकारी गराउनुभएको हो ।

उहाँलाई १० दिन अगाडि मात्रै कोरोना संक्रमण भएको थियो । आज गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘तपाईहरुको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो उर्जा दियो । त्यही उर्जाकै कारण म आज कोरोनाको संक्रमणमुक्त भएको छु ।’

त्यस्तै, उहाँले थप्नुभएको छ, ‘मैले जीवनमा तपाईहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाई र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु । यहाँहरुको यस्तै माया पाइरहुँ, धन्यबाद ।’

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,