Connect with us
Kapilvast Forest

नेसन्स लिगमा स्वीडेनलाई पराजित गर्दै फ्रान्सको विजयी शुरूवात

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

france

एजेन्सी– स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गर्दा फ्रान्सले यूईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ ।फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा गएराति भएको खेलमा पाहुना टोली फ्रान्सको जितमा एमबाप्पेले गरेको एक गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको शुरुवातमा घरेलु टोली स्वीडेनले दवावमा राखे पनि फ्रान्सको रक्षापङ्ति तोड्न सकेन ।खेलको ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट १–० को अग्रता लिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र फ्रान्सले १-० को जित निकाल्यो ।

यससँगै समूह ‘ए’ –३ मा ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ । समान ३ अंक जोडेको पोर्चुगल गोलअन्तरका आधारमा समूहको पहिलो स्थानमा छ । अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र पुछारमा छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,