Connect with us
Kapilvast Forest

प्रदेश सञ्चार विधेयक अवज्ञा गर्ने महासंघको निर्णय

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

fnj

धनुषा -प्रदेश नम्बर २ को सरकारले संसदीय अभ्यासलाई बेवास्ता गर्दै चोर बाटोबाट प्रदेश सञ्चार विधेयक प्रमाणिकरण गरेको भन्दै सो विधेयक प्रति असहमति राख्दै अवज्ञा गर्ने नेपाल पत्रकार महासंघको प्रदेश नम्बर २ प्रदेशिक कार्यसमितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश–२ को बैठकबाट प्रदेश सरकारले संसदीय अभ्यास र परम्परालाई समेत कुनै खयाल नगरी चोर बाटोबाट प्रदेश सञ्चार विधेयक २०७६ पारित गरी प्रमाणिकरण गरी ल्याएको सो विधेयक प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने सञ्चार र श्रमजीवीविरोधी रहेकोले सो विधेयक प्रति असहमती राख्दै अवज्ञा गर्ने निर्णय गरिएको महासचिव किरण कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, कोरोना संकटको समयमा प्रदेशका नागरिकको जीवन रक्षा र अग्रपंक्तिमा रहेर नागरिकलाई सूचना प्रवाह गर्न अहोरात्र खटेका पत्रकार तथा सञ्चारमाध्यम प्रति निर्वाह गर्नुपर्ने दायित्वसमेत निर्वाह गर्न प्रदेश सरकार असफल भएको बैठकले ठहर गरेको महासचिव कर्णले जानकारी दिए ।

उनले प्रदेश सरकारले पत्रकार महासंघलाई कोरोना महामारीको बेला पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । तर घोषणा गरेको करिब ५ महिना वितिसक्दा पनि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा व्यवहारमा नदेखिएको कर्णले बताए ।

त्यस्तै यस प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत सञ्चारकर्मीहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन र विभिन्न वहानामा निष्काशन नगर्न समेत सञ्चारगृहहरुसँग आग्रह महासचिव कर्णले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सञ्चारकर्मीको पारिश्रमिक उपलब्ध नगराइ सञ्चारगृहले उनीहरुलाई निष्कासन गरे सम्बन्धित जिल्ला शाखामा उजुरी दिन र महासंघमा परेका उजुरीको हकमा तत्काल कामकारवाहीको लागि पहल गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,