Connect with us
Kapilvast Forest

एम्बुलेन्समा राखेर बालिका अपहरणको आरोपमा तीन जना पक्राउ

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

ambulens

मोरङ- बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीन जनासहित दुईवटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।अपहरणमा संलग्न भएको भन्दै प्रहरीले पथरी शनिश्चरे नगरपालिका–८ का सुजन रणपहेलीसँगै एम्बुलेन्स चालकहरु पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङलाई पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिकालाई जवरजस्ती एम्बुलेन्समा लाँदै गर्दा भक्तपुर र काभ्रेको सीमा साँगाबाट प्रहरीले उद्धार गरेको छ।

अपहरण कार्यमा संलग्न सुजनले ती बालिका अपहरण गर्न दुईवटा एम्बुलेन्स प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले बताउनु भयो ।

सुजन बालिकासहित पथरी बजार आएर को २ च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए। त्यहाँबाट को २ च ३१२१ नम्बरको अर्को एम्बुलेन्सबाट काठमाडौ जाने क्रममा साँगाबाट पक्राउ परेको नायब उपरीक्षक गिरीले बताउनु भयो ।

पीडित परिवारका अभिभावकले छोरी हराएकोबारे प्रहरीमा जानकारी गराएपछि खोजी गर्ने क्रममा दुईवटै एम्बुलेन्स र अपहरणमा संलग्नहरुलाई साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएका तीनैजनालाई अपहरण तथा ज्यान मार्ने र बेच्ने मुद्दामा शुक्रबार म्याद थपिएको गिरीले बताउनु भयो । प्रहरीले बालिकावाट दुई लाख रुपयाँ समेत बरामद गरेको छ।

बालिकाकी आमाले गएको केही दिनअघि मात्रै पथरी बजारका एक फाइनन्सबाट उक्त रकम ऋण लिनु भएको थियो। सोही रकमको लोभमा सुजनले ती बालिकालाई अपहरण गरेको हुन सक्ने प्रहरीले अनुमान छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,