Connect with us
Kapilvast Forest

पर्यटनमन्त्रीले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित खातुनलाई नगद सहयोग

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

yogesh

काठमाडौं – संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गर्नु भयो ।

मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उहाँको अहिले पनि उपचार जारी रहेको छ ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।

उहाँले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिनु भयो । आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न आग्रह समेत उहाँले गर्नु भयो।

केही दिन अगाडि खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए । सचिवालयका अनुसार मन्त्री भट्टराईले २०७२ सालबाट हरेक वर्ष जन्मदिनको दिन असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,