Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल गर्दै

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

kp

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा छलफल गर्न निजी क्षेत्रलाई बालुवाटार बोलाउनु भएको छ । साँझ साँढे ५ बजे निजी क्षेत्रका तीनवटै नेतृत्वदायी संस्थाका प्रतिनिधिलाई बालुवाटार बोलाइएको स्रोतले जानकारी दियो ।

‘नेपाल उद्योग वाािण्ज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित तीन(तीन जना पदाधिकारीलाई छलफलमा बोलाइएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

काभिड(१९ले अर्थतन्त्रमा पारेको प्रभाव तथा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित अर्थ र उद्योग तथा वणिज्य मन्त्रालयका सचिवहरु पनि सहभागी हुने बताइएको छ ।

साँढे पाँच बजे प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटारबाट खबर गरिएको एक उद्योगपतिले पुष्टि गरे ।‘समसामयिक विषयमा छलफल भनिएको छ, कोभिड(१९ सँगसँगै अर्थतन्त्र कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्ने भनिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,