Connect with us
Kapilvast Forest

जंगलमा लगेर हत्या, भोलिपल्ट आफैंले दिए हराएको निवेदन

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

file death

ललितपुर- अल्का अस्पतालकी कर्मचारी गीता केसीको हत्या उनकै भतिजाले गरेको पाइएको छ ।प्रहरीले गीताका भतिजो निर्मललाई शनिबार पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अवैध सम्बन्ध रहेको बयान दिनु भयो ।

महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट भइनसकेको बताउनु भयो ।

प्रहरीका अनुसार गीता १७ भदौमा अस्पताल जान्छु भनेर घरबाट निस्किएकी थिइन् । तर उहाँ अस्पताल नगई निर्मलसँग लेलेको जंगलमा पुगेको पाइएको छ । त्यहाँ गीताले आफू मर्नु न बाँच्नुको स्थितिमा रहेको भन्दै आत्महत्या गर्ने प्रयास गरेको निर्मलको बयान छ । त्यहीक्रममा विवाद भएको र आफूले घाँटी थिचेको उहाँले बताउनु भयो ।तर हत्याको कारण लेनदेन वा अरु पनि हुन सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

आफैंले दिए जाहेरी

१७ गते आफैंले मोटरसाइकलमा राखेर लेलेको जंगलमा लगेर हत्या गरेका निर्मलले भोलिपल्ट गीता हराएको भन्दै प्रहरीमा उजुरी दिए । उनको श्रीमानले खासै वास्ता नगरेपछि निर्मल आफैंले महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले ललितपुर–२५ भैसेपाटीकी गीताको खोजतलास थाल्यो । शुक्रबार गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

त्यो शव गीताकै भएको शनिबार पुष्टि भयो । शवको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । निर्मल महानगरीय प्रहरी वृत्त, चापागाउँको हिरासतमा छन् ।

अभियुक्तलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत सोधपुछ गर्ने चापागाउँका डीएसपी कृष्णराज ओझाले बताउनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,