Connect with us
Kapilvast Forest

एकैदिन १ हजार ८१४ संक्रमित निको भए, ९८० संक्रमित थपिए

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

corona

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

उहाँहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको थियो ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,