Connect with us
Kapilvast Forest

बन्दाबन्दीको मोडालिटी फेर्न कपिलवस्तुका उद्योगीहरुको सुझाव

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

udhyogi

कपिलवस्तु-कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर, तौलिहवा उद्योग वाणिज्य संघ, चन्द्रौटा उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भाद्र २३ देखि बन्दाबन्दीको मोडालिटी फेर्न सुझाव दिदै सोही अनुसार गर्न जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

चैत्रदेखिको बन्दाबन्दीले उद्योग व्यवसाय धरासायी बनाएको भन्दै भदौ २३ गते देखि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाई निर्वाध रुपमा उद्योग व्यवसाय लगायतका क्षेत्रहरु निर्वाध रुपमा सुचारु गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तथा जिल्लाका सबै स्थानीय तहको ध्यानाकर्षण गराएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

लामो समयको बन्दाबन्दीले व्यवसाय चौपट भएको हुँदा अब लकडाउन विकल्प नभएको भन्दै जसरी पनि संचालन गर्नुपर्ने एकजुट भएका हुन्।

जिल्लाका उद्योग वाणिज्य संघहरुको चारनम्बरमा आइतबार बसेको संयुक्त वैठकले जारी बन्दाबन्दीको मोडालिटीमा परिमार्जन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सवै स्थानीय तहहरुको ध्यानाकर्षण गराउदै व्यवसाय संचालन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

सवै उद्योग व्यवसाय वित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षा अपनाई निर्वाध रुपमा संचालन गर्दा जोखिम कम हुने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले बताउनुभयो ।

अर्थतन्त्र चलायमान बनाउन सवै उद्योग व्यवसाय निर्वाध संचालन गर्नुपर्ने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीको भनाई छ । निजी क्षेत्रका सेवा सुचारु गर्दै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले निर्धारण गरेका मापदण्डलाई अपनाएर व्यवसाय संचालन गर्नुपर्ने बैठकमा उपस्थित जनाएका ब्यावसायिले धारणा राख्नु भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,