Connect with us
Kapilvast Forest

शिवराजका व्यवसायीद्धारा लक डाउनको अन्त्य गर्नु पर्ने माग

२०७७, २१ भाद्र आईतवारमा प्रकाशित

shivraj

कपिलवस्तु- शिवराज नगरपालिकाका व्यापारी व्यवसायीहरुले यहि भाद्र २२ गते पछि लक डाउनको विकल्प खोज्न माग गरेका छन ।

नगरका ५३ जना व्यवसायीहरुले कोभिड १९ कोरोनाका कारण पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगातार जारी गर्दै आइरहेको लक डाउनको अब विकल्प खोज्नु पर्ने भन्दै संयुक्त अपिल पत्र शिवराज नगरपालिका, इलाका प्रशासन कार्यालय चन्द्रौटा र जिल्ला प्रशासन कार्यालय तौलिहवामा बुझाएको शिवराजका युवा व्यवसायी सरोज पौडेलले बताउनुभयो ।

बन्दाबन्दीले व्यवसाय धरासायी बनाएको भन्दै भदौ २२ गते देखि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाई निर्वाध रुपमा व्यवसाय निर्वाध रुपमा सुचारु गर्न शिवराजका  व्यासायि विजय सापकोटाले बताउनुभयो ।

कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिममाका कारण लम्बिएको लकडाउनले उद्योग व्यवसाय क्षेत्र दिनानुदिन नाजुक र गम्भिर अवस्था बन्दै गएको भन्दै अव अन्य विकल्प खोजेर लक डाउन को अन्त्य गर्दै अर्थतन्त्र चलायमान बनाउन अगाडि बड्नु पर्ने शिवराजका व्यावसायिहरुको धारण छ।

शिवराज नगर प्रमुख नेत्रराज अधिकारीलाई संयुक्त अपिल बुझाउदै युवा व्यवसायी सरोज पौडेलले भाद्र २२ गते पछि पनि विकल्प नखोजि लकडाउनलाई नै निरन्तरता दिए भाद्र २३ गते बाट व्यवसायिहरुले स्वर्तस्फूर्त स्वास्थ्य मापदण्ड पालन गर्दै व्यवसाय संचानल गर्ने समेत बताउनु भयो ।

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड पालना गर्दै व्यापार व्यवसाय संचालन गर्नु पर्ने अन्यथा व्यवसायीहरु पलायन हुने अवस्था आउने युवा व्यवसायी सरोज पौडेलले बताउनु भयो ।

लकडाउनले सबै समस्या समाधान नभएको र व्यवसायीहरुलाई यसले नराम्रो असर पारेकोले यसको विकल्प खोज्नु पर्ने पक्षमा रहेको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,