Connect with us
Kapilvast Forest

नेसन्स लिग खेलमा वेल्सको लगातार दोस्रो जित

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

wels

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा बुल्गेरियालाई हराउँदै वेल्सले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा फिनल्याण्डलाई १-० ले हराएको वेल्सले बुल्गेरियालाई पनि समान १-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

कार्डिफ सिटी स्टेडियममा आइतबार राति भएको खेलमा वेल्सलाई जित दिलाउन निको विलियम्सले निर्णायक गोल गर्नु भयो ।खेलको इन्जुरी समयमा लिभरपुलका युवा खेलाडी विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाउनु भएको हो ।

घरेलु मैदानको फाइदा उठाउँदै जित निकालेको वेल्सले २ खेलमा ६ अंक जोडेको छ । जितसँगै लिग ‘बी’ समूह चारमा वेल्स शीर्ष स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,