Connect with us
Kapilvast Forest

१८ जना जुवाडेलाई कोरोना संक्रमण

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

corona

स्याङ्जा – स्याङ्जाको पुतलीबजारका दुईवटा जुवाखालबाट पक्राउ परेका १८ जना जुवाडेलाई कोरोना भाईरस संक्रमण देखिएको छ । प्रहरीले १० दिनअघि उनिहरुलाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।

जुवा सम्बन्धी कसुरमा धरौटीमा छुटेकालाई क्वारेन्टाइनमा राखेर पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्याङ्जाका प्रहरीले जनाएको छ।

करेन्टडाँडास्थित क्वारेन्टाइनमा बसेका १८ जुवाडेसहित स्याङ्जामा आईतबार २२ जनालाई कोरोना संक्रमण देखिएको छ । समूहमा जम्मा भएर तास खेल्दा पैसा र तास साटासाट गर्नुपर्ने र मास्कको प्रयोग समेत नगर्दा जुवा खेल्नेहरुलाई कोरोनाको जोखिम बढी हुन्छ ।कोरोना संक्रमणको जोखिमका कारण कानुन कार्यान्वयन गर्न प्रहरीलाई थप चुनौती थपिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,