Connect with us
Kapilvast Forest

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

england

एजेन्सी -अष्ट्रेलियाविरुद्धको तीन खेलको टी(ट्वान्टी सिरिज इंग्ल्यान्डले जितेको छ ।आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज २-० ले जितेको हो ।

साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्यान्डलाई जित दिलाउन जोस बट्लरले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डाविड मालनले ४२ रन जोड्दा मोइन अली १३ रनमा अविजित रहे ।अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १र१ विकेट लिनु भयो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाउनु भएको थियो ।

यस्तै ग्लेन म्याक्सवेलले २६ रन जोड्दा एस्टन अगरले २३ रन बनाए । डेभिड वार्नर सुन्य रनमा आउट हुँदा स्टिभ स्मिथले १-० रन जोड्नु भयो ।इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए । जोफ्रा आर्चर,मार्क उड र आदिल राशिदको नाममा एक एक विकेट रह्यो ।

 

जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले २(० को अग्रता समेत बनाएको छ ।पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको रोमान्चक जित निकालेको थियो ।अब दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।अष्ट्रेलियाले टी(ट्वान्टी सिरिजपछि इंग्ल्यान्डसँग एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज सेप्टेम्बर ११ बाट सुरु हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,