Connect with us
Kapilvast Forest

घाँस काट्न निस्केकी १२ वर्षीय बालिका झुण्डिएको अवस्थामा फेला

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

hanginf file

दिङ्ला -भोजपुरको षडानन्द नगरपालिका वडा नं।२ कुदाककाउलेमा १२ वर्षीय एक बालिकाको शव फेला परेको छ । स्थानीय टिकाराम राईको १२ वर्षीय छोरी अमि राई झुण्डिएको अवस्थामा मृत फेला परेको पारिवारिक स्रोतले जनाएको छ । मृत बालिकाको शव उहाँको दिदि टिना राईले करिब आईतबार बिहान १०ः३० बजेको समयमा फेला पारेकी पारिवारिक स्रोतले जनाएको छ ।

दिदि बहिनि संगै घाँस काट्न गएको र बहिनी गोठमा आएर घर फर्किन ढिला भएपछि दिदि खोज्न जाँदा घर देखि करिब ५ सय मिटर टाढा रहेको कटेरोमा झुण्डिएको अवस्थामा शव भेटाईएको ईलाका प्रहरी कार्यलय दिङ्लाले जनाएको छ ।

१२ वर्षीय बालिकाले आत्माहत्या के कारणले गरेका हुन भन्ने नखुलेको र बालिकाको शव सोमबार पोष्टमार्टमको लागि खाँदबारी पठाईने ईलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,