Connect with us
Kapilvast Forest

बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

arjun kapur

 

एजेन्सी -बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण देखिएको छ। आइतबार सामाजिक सञ्जालमार्फत अर्जुनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिनु भएको छ
अभिनेता कपुरले आफूमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजिटिभ आएको बताएका छन्। उनले डाक्टर र प्रशासनको सल्लाहमा आफू घरमै आइसोलेसनमा बसेको जानकारी दिए।

‘सामाजिक सञ्जाल इन्स्टाग्राममा कपुरले लेख्दै भन्नु भएको छ मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ, यो कुरा तपाईंलाई जानकारी गराउनु मेरो कर्तव्य हो’,
‘म ठीक छु ममा कोरोनाको लक्षण पनि देखिएको छैन, म डाक्टर र प्रशासनसँग सल्लाह गरेर घरमै आइसोलेसनमा बसेको छु।’
अभिनेता कपुरका शुभचिनतकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

यसअघि बलिउडका महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, गायिका कनिका कपुर लगायतका कलाकारले कोरोना संक्रमणलाई जितिसक्नुभएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,