Connect with us
Kapilvast Forest

आईपीइलको खेल तालिका सार्वजनिक

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

ipl

काठमाडौं- इन्डियन प्रिमियर लिग(आईपीएल) १३औं संकरणको खेल तालिका सार्वजनिक भएको छ ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआइसीसी) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो।

सेप्टेम्बर १९ देखि नोभेम्बर ३ सम्म लिग चरणका ५६ खेलको तालिका सार्वजनिक गरिएको छ । पहिलो खेल सेप्टेम्बर १९ मा मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सबीच आबुधाबीमा हुनेछ।

सेप्टेम्बर महिनाभर हरेक दिन एक–एक खेल मात्रै हुने गरी तालिका बनाइएको छ । अक्टोबर लागेपछि शनिबार र आइतबार २–२ खेल हुनेछन् ।यूएईको दुबई, अबुधाबी र सारजाहमा गरी तीन रंगशालामा खेल हुनेछ ।ipl list नेपानका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटलले दोस्रो दिन किंग्स ११ पञ्जावको सामना गर्नेछ ।

कोरोना संक्रमणको महामारीका बीच सुरु हुन लागेको आइपीएलका लागि सबै टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरु करिब एक महिनाअघि देखि नै युएई पुगेर निश्चित समय क्वारेन्टाइनमा बसी प्रशिक्षणमा सहभागी भइरहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,