Connect with us
Kapilvast Forest

चाउचाउ उद्योगका ४२ मजदुरमा कोरोना पुष्टि, नगरपालिका सिल

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

chauchu

बर्दिया- बर्दियाको बाँसगढी नगरपालिका वडा नं.३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित चाउचाउ उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकाको पुरै क्षेत्र सिल गरिएको छ ।

चाउचाउ उद्योगमा कार्यरत सङ्क्रमण पुष्टि भएका ४२ जनामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र चार जना बर्दिया जिल्लाबाहिर ठेगाना रहेकाहरू छन् ।

चाउचाउ उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ २८ गतेसम्मका लागि बाँसगढी नगरपालिका क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायण ढकालका अनुसार भदौ २२ गते बिहान ६ बजेदेखि भदौ २८ गते राति १२ः०० बजेसम्मका लागि पूर्णरुपमा नगरपालिकाको चारैकिल्ला तोकेर सिल गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,