Connect with us
Kapilvast Forest

घरबेटीसँग गोरु बेचेको साइनो पनि छैन, अनावश्यक नाम जोडियो: प्रचण्ड

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

prachanda

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडिएको बताउनु भएको छ ।

विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको कारण विवादमा तानिएका शारदाप्रसाद अधिकारीको ठेक्कासँग आफ्नै कुनै ‘साइनो’ नभएको प्रष्ट पार्नु भएको छ ।

उहाँले घरबेटीले के लिन्छन् के गर्छन आफूलाई थाहा नभएको र नयाँ घर समेत खोज्न थालेको बताउनु भयो ।‘मैले अर्को घर खोज्न थालेको छु,’ जनता टिभीका लागि अन्तर्वार्ता दिँदै प्रचण्डले भन्नु भएको छ , ‘उहाँसँग गोरु बेचेको साइनो पनि छैन ।’

उहाँले पछिल्लो मल विवादमा आफूले कृषिमन्त्रीलाई नै कारवाही गर्न अनुरोध गरेको पनि बताउनु भयो ।आज कृषि मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले मल आपूर्तिको जिम्मा पाएर समयमै काम नगर्ने दुईवटा कम्पनी र तिनका सञ्चालक कारबाही गरेको छ ।

लिमिटेडले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोका मल्टिप्रपोज पक्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै धरौटी समेत जफत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,