Connect with us
Kapilvast Forest

आज पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको पूर्वानुमान

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

rain

काठमाडौं-मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारप्रदेश १, २, बाग्मती, गण्डकी र प्रदेश ५ मा अहिले सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली  रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १, बागमती,गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षा हुनसक्‍ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १,  प्रदेश २, बागमती, गण्डकी तथा प्रदेश ५ का एक/दुई स्थानहरूमा आगामी २४ घण्टा  भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,