Connect with us
Kapilvast Forest

बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि पाल्पा अस्पताल सिल

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

पाल्पा अस्पताल सिल

पाल्पा- पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो ।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँ पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुनुहुन्छ ।

अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,